दफा १२
तथ्याङ्क सङ्कलनसम्बन्धी विधि र प्रक्रिया
(१) तथ्याङ्क सङ्कलनका लागि ऐन तथा यस नियमावली बमोजिम राष्ट्रिय मानक र गुणस्तरमा उल्लेख भए बमोजिमको विधि र प्रक्रिया अवलम्बन गर्नु पर्नछ।
(२) तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्क सङ्कलन गर्दा गणना, सर्वेक्षण, प्रशासनिक अभिलेख, अध्ययन वा अनुसन्धान विधि अपनाई तथ्याङ्क सङ्कलन गर्नेछ।
(३) कार्यालयले राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध सरकारी निकाय वा सार्वजनिक संस्थाको प्रशासनिक अभिलेख तथा सूचना व्यवस्थापन प्रणालीमा भएको विवरणलाई प्रशोधन गरी तथ्याङ्कको रूपमा प्रयोग गर्न सक्नेछ।